काठमाडौं । एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले आज कीर्गिस्तानको यु–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
आर्मी र कीर्गिस्तानबीचको खेल अपरान्ह ३ः३० बजे दशरथ काठमाडौंस्थित रंगशालामा सुरु हुनेछ । खेल निशुल्क हेर्न सकिने छ ।
आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा नै खेल्नेछ ।
आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो ।