Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फाइनल पुग्ने लक्ष्यका साथ बंगलादेशविरुद्ध उत्रँदै नेपाल

फाइनल पुग्ने लक्ष्यका साथ बंगलादेशविरुद्ध उत्रँदै नेपाल

  • शनिवार, चैत्र १४ २०७७

  • 861
    SHARES

  • फाइनल पुग्ने लक्ष्यका साथ बंगलादेशविरुद्ध उत्रँदै नेपाल

    काठमाडौं । थ्री नेसन्स कपको राउन्ड रोविन लिगको अन्तिम खेलमा आज साँझ घरेलु टोली नेपालले बंगलादेशको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

    घरेलु मैदानमा नेपाल बंगलादेशलाई हराउँदै लिगको शीर्षस्थानमा रहँदै फाइनल पुग्ने दाउमा हुनेछ । ६ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्कदा नेपाली टोली पहिलो खेलमा कीर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बरारबरीमा रोकिएको थियो ।

    नेपाललाई थ्री नेसन्स कपको फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । १–० को हारले पनि नेपालको फाइनल पुग्ने सम्भावना रहन्छ । नेपाल र कीर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश फाइनल पुगिसकेको छ ।

    अब नेपाल र कीर्गिस्तानमध्ये एउटा टोलीले सोमबार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ । यता, बंगलादेश पनि घरेलु टोली नेपाललाई हराउदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

    बंगलादेशले पहिलो खेलमा आत्मघाती गोल मद्दतमा कीर्गिस्तानको यु–२३ टोलीमाथि १–० को जित निकालेको थियो ।

    तस्बिर : एन्फा ।


    शनिवार, चैत्र १४ २०७७०३:५२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij