Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खनाल -नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीमा जारी

खनाल -नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीमा जारी

  • शनिवार, चैत्र १४ २०७७

  • 1.5K
    SHARES

  • खनाल -नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीमा जारी

    काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीस्थित एक प्यालेसमा जारी छ ।

    बिहान ११ बजे बस्ने भने पनि बैठक केही ढिलो गरी सुरु हुने जनाइएको छ । उक्त पक्षमा नेता रघुजी पन्तका अनुसार शुक्रबारको संसदीय दलको बैठकबारे नेताहरुले केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्नेछन् ।

    शुक्रबार पनि कलंकीस्थित एक प्यालेसमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुबीच छलफल भएको थियो । सोही छलफलपछि नेता खनालको नेतृत्वमा नेपाल र भीम रावलबाहेकका सांसदहरु प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागी भएका थिए ।

     


    शनिवार, चैत्र १४ २०७७१२:२६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij