काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी–ट्वान्टी क्रिकेट प्रतियोगिता ’भिटालिटी टी–ट्वान्टी ब्लास्ट’ खेल्ने भएका छन् ।
सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट टी–ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् । वोर्सेस्टरशायरले सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ ।
२० वर्षीय सन्दीपले पहिलो पटक टी–ट्वान्टी ब्लास्ट खेल्न लागेका हुन् । यस प्रतियोगिता खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टी–ट्वान्टी ब्लास्ट २०२१ को जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ ।