Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रक्सी कोरोना संक्रमितका लागि झन घातक हुन्छः डा. ढुण्डीराज पौडेल

रक्सी कोरोना संक्रमितका लागि झन घातक हुन्छः डा. ढुण्डीराज पौडेल

  • बिहिवार, आषाढ १८ २०७७

  • 1.8K
    SHARES

  • रक्सी कोरोना संक्रमितका लागि झन घातक हुन्छः डा. ढुण्डीराज पौडेल

    वरिष्ठ चिकित्सक प्राध्यापक डा. ढुण्डिराज पौडेलले कोरोना भाइरसको रोकथामका महत्वपूर्ण टिप्सबारे जानकारी दिनुभएको छ । कोरोनासँग सम्बन्धित कतिपय विषयमा भ्रमहरु छरिएको भन्दै डा. पौडेलले रक्सीले कोरोनालाई मार्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीः

    अहिले विश्वभरी फैलिएको कोरोनाको रोकथामका लागि नेपालमा के के गर्नुपर्छ ?

    पहिलो कुरा यहाँहरु सबैलाई थाहै छ, यो स्वासप्रस्वासबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ । अहिले यो महामारीको रुपमा विश्वव्यापी भएर पैmलिएको छ । अहिलेसम्मको अध्ययनले हाछ्यु गर्दा, खोक्दा वा व्यक्तिव्यक्तिको सम्पर्कबाट यो रोग सर्ने देखाएको छ। दोस्रो कुरा हात, जुन चिज हामीले जे काम गर्दा पनि प्रयोग गर्दछौं, त्यसबाट पनि यो संक्रमण पैmलिने सम्भावना रहन्छ । त्यसको लागि प्रत्यक्ष सम्पर्कबाट टाढा रहनुपर्यो । अर्को कुरा साबुन पानीले हात हुने अथवा अल्कोहलयुक्त झोल पदार्थले हातलाई सफा गरेर मात्रै घरमा प्रवेश गर्ने उपाय पनि सवैले अप्नाउन अत्यावश्यक छ ।

    त्यसोभए यसको लागि अल्कोहल प्रयोग नै उपयुक्त हो ?

    सबैभन्दा राम्रो त साबुन पानीले हात धुनु नै हो । यसमा सबैभन्दा दूभाग्र्यपूर्ण त काठमाडौंमा साबुन पानीले हात हुन पनि पाइँदैन । दुई उपाय मध्ये पहिलो साबुन पानीले हात हुने र दोस्रो अल्कोहलयुक्त, जसलाई सेनिटाइजर भन्छौं, त्यसबाट हात सफा गरियो भने पनि किटाणुहरु मर्छ ।

    रक्सी पिउनु हुन्छ कि हुँदैन ?

    रक्सी पिउनु र हात धुनु भनेको फरक कुरा हो । रक्सी खानुपर्छ भन्ने ठूलो भ्रम हो । अहिले जसरी रक्सी खाएपछि रोगसँग लड्ने क्षमता बढ्छ भन्ने वाहियात झुठको खेती भइरहेको छ । अल्कोहल खाएर मानिसमा रोगसँग लड्ने क्षमता बढ्ने होइन । बरु झन घट्न । अल्कोहलले हात धुदाँ किटाणु मरेपनि आएर किटाणु मर्ने होइन । सरासर भ्रम हो ।

    धुम्रपान पनि गर्नुहुँदैन भनिएको छ नि ?

    रक्सीले जस्तै चुरोटले पनि रोगसँग लड्ने क्षमतामा कमी ल्याउँछ । रक्सी, चुरोट, खैनी, गुड्खा जस्ता निकोटियुक्त पदार्थहरुले त संक्रमण झन बढाउँछन । कोरोनालाई हाल टार्ने अथवा निवारण मात्रै गरेर छोड्ने होइन । यसलाई अवसरको रुपमा लिएर नेपालको स्वास्थ्य क्षेत्रलाई कसरी मजबुद र व्यवस्थित बनाउने भनेर अगाडि बढ्नुपर्छ । यसको लागि शहरबाट गाउँतिर फर्कने, पूर्वीय सभ्यता अनुसार नमस्कार, ओमकार जस्ता पद्धतिलाई अपनाउने, प्राकृतिक कुरालाई व्यवहारमा ल्याउने, त्यसलाई अहिलेको विज्ञानसँग जोड्ने भन्ने अहिलेको वैज्ञानिक प्रविधि र पूर्वीय दर्शनसँगै लिएर जान सक्नुपर्छ ।

    कोरोनाको संक्रमणसँगै विश्वमा रक्सीको बिक्री ह्वात्तै बढेको छ नि ?

    यो सबैभन्दा ठूलो बिडम्बना हो । यो रोगबाट बच्नको लागि रक्सी, चुरोट, खैनी, सुर्ती जस्ता वस्तुलाई त पुरै निषेध गर्नुपर्ने अवस्था छ ।

    त्यसोभए रक्सी निषेध गर्नुपर्छ, हैन ?

    चीन, भारत जस्ता देशले रक्सी निषेध गरेका छन् भने हामीले गर्न नसक्ने भन्ने होइन । यो संक्रमणले गर्दा आर्थिक रुपमा पनि नकारात्मक असर परेको छ । यसलाई परिपूर्ति गर्नको लागि पनि अल्कोहलको नाममा जसरी अर्बौ पैसा खर्च भएको छ । त्यसलाई राज्यले रोक लगाउनुपर्ने आवश्यकता छ । यसले राज्यलाई कर आउँछ भन्ने होइन, यसमा नेपालीहरुको अर्बौं रुपैया खर्च भइरहेको छ । यी चीजले नेपालीहरुको स्वास्थ्यमा ठूलो हानी पु¥याएको छ । छिमेकी मुलुक भारतमा प्रतिवन्ध लगाइएको वस्तुहरु जस्तै रक्सी, चुरोट, खैनी जस्ता पदार्थहरुनेपालका गाउँ–गाउँमा पुगेका देखिन्छ । यी कुराहरुलाई निषेध गर्नुपर्छ ।

    सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ?

    क्वारेन्टाइनमा बसेको भन्नेबित्तिकै त्यो व्यक्ति जोखिममा छ भन्ने बुझ्नुपर्छ । त्यो भनेको जो व्यक्ति कोरोना संक्रमित व्यक्तिको सम्र्पकमा गएको छ भन्ने हो । जुन व्यक्ति शंकास्पद व्यक्तिसँगको व्यक्तिगत सम्पर्कमा छ भने त्यसलाई “हाइरिक्स” अर्थात उच्च जोखिमयुक्त व्यक्ति भन्दछौं । त्यस्तो व्यक्तिले आफ्नो परिवार वा छरछिमेकको सम्र्पकमा नगईकन आफ्नै घरमा बस्ने, आफ्नो सुरक्षा आपैm गर्ने गर्नुपर्छ । सेल्फ आइसोलेसन भनेको आपूmले प्रयोग गर्ने कपडा, खाना खाने भाँडाकुँडा, प्रयोग गर्ने सामान सबै छुट्टै व्यवस्था गर्नुपर्छ । जसको कारणले ऊ अरुको सम्पर्कमा बस्नुभएन, त्यसलाई भनिन्छ सेल्फ क्वारेन्टाइन ।

    अहिले कतिपयले कोरोना र इन्फ्ल्युइन्जा उस्तै हो पनि भनिरहेका छन नी ?

    इटालीमा १९१८ मा इन्फ्युइन्ज भन्ने योभन्दा ठूलो रोग फैलिको थियो । त्यसैको अर्को रुप हो यो । त्यसले युवाअवस्थाका मान्छेलाई बढी प्रभावित पारेको थियो । त्यसमा धेरै सेनाहरु प्रभावित भएका थिए । यो इन्फ्ल्युइन्जा भनेको ६० देखि ६५ वर्ष नाघेका मान्छेहरु चाहिं बढी जोखिमयुक्त छन् भन्ने अनुमान गरिएको छ । त्यसको मतलब फेरि बच्चाहरु प्रभावित हुँदैनन् भन्ने होइन । तर, १९१८ को भाइरसमा युवा वर्ग र आर्मीहरु बढी प्रभावित थिए भने अहिले बृद्धबृद्धालाई बढी प्रभावित पार्ने गरेको तथ्यांकले देखाएको छ । त्यसपछि दीर्घ रोगीहरु जसको रोगसँग लड्ने क्षमता कमी छ, त्यस्ता व्यक्तिहरुलाई बढी प्रभावित पारेको छ अहिलेको भाइरसले ।

    सरकारले कोराना जोखिमबाट बच्न के गर्नुपर्छ वा लकडाउन कति उपयुक्त हो ?

    कुनै पनि व्यक्तिमा सामान्यतयाः कोरोना भाइरस प्रवेश ग¥यो भने दुई हप्तामा उजागर हुन्छ । अथवा बल्ला त्यसका संक्रमणका लक्षणहरु देखिन थाल्दछन् । त्यसकारणले दुई हप्तासम्म आइसुलेसनमा बस्न भनिएको हो । म एउटा चिकित्सकको नाता के भन्न चाहन्छु भने, बन्द मात्रै समस्याको समाधान होइन । कसैलाई बन्द गर भन्न सजिलो छ । तर, कुनै पनि रोग निवारणका लागि चिकित्सा सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा हो । भोलि यो नपैmलियोस् भन्ने हाम्रो कामना मात्रै हो । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौति पनि छ । यसबाट जनमानसमा भयावहको अवस्था सिर्जना हुन सक्छ । हामी कहाँ जनचेतनाको पनि अभाव छ ।

    तपाईंहरु अरुको सम्पर्क नजानुस् घर–घरमा बस्नुस् भन्दा पनि अभैm पनि सडकमा जाने, भीडभाडमा जाने, मानिसको सम्पर्कमा जाने जस्ता कामहरु भइरहेका छन् । यसमा रक्सी, जाँड खानुहुँदैन भन्ने छ, त्यसको उलंघन गर्ने र रक्सी सेवन गर्ने जस्ता प्रवृत्तिहरु देखिएका छन् । यस्तो प्रवृत्तिले कोरोना भाइरस नियन्त्रण भएपनि फेरि अर्को रोग फैलिन सक्छ । अहिले मानिसहरुमा अप्राकृति क्रियाकलपहरुले गर्दा पनि विभिन्न किसिमका अमानवीय भाइरसहरु फैलिरहेको छ ।

    अहिलेको अवस्थामा रोग भनेको सबैको लागि हानीकारक त्यसैले यसलाई सबै मिलेर कसरी रोगलाग्नबाट बच्न र बँचाउन सकिन्छ भनेर सामाजिक सेवा र सद्भावलाई पनि चुस्त, दुरुस्त बनाउनुपर्छ । यसमा एउटा वर्ग र पक्ष मात्रै लागेर समस्याको समाधान हुँदैन ।

     


    बिहिवार, आषाढ १८ २०७७०८:३४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij