Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहलाई प्रधानमन्त्रीको प्रश्नः ७० प्रतिशत बजेट के ओढ्ने ओच्छयाउने हो र?

स्थानीय तहलाई प्रधानमन्त्रीको प्रश्नः ७० प्रतिशत बजेट के ओढ्ने ओच्छयाउने हो र?

  • बुधवार, चैत्र ११ २०७७

  • 1.5K
    SHARES

  • स्थानीय तहलाई प्रधानमन्त्रीको प्रश्नः ७० प्रतिशत बजेट के ओढ्ने ओच्छयाउने हो र?

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताउनुभएको छ।

    बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए। उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए ।

    तर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई ७० प्रतिशत बजेट दिएर के गर्ने भनी प्रश्न गर्नुभयो।

    ‘७० प्रतिशत बजेट के गर्ने? ओढ्ने ओच्छयाउने हो र?’ उहाँले भन्नुभयो, ‘त्यसो हो भने प्रदेशले के गर्ने, केन्द्र सरकारले के गर्ने?’

    प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताउनुभयो।

    उहाँले बजेट केन्द्रमा नै राख्ने र स्थानीय सरकारलाई नदिने सोचाइ नभएको बताउनुभयो।

     


    बुधवार, चैत्र ११ २०७७०५:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij