Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेले वरिष्ठ नेता नेपाल र अन्य तीन नेतालाई पठायो स्पष्टीकरणपत्र, को-को छन् अन्य तीनजना ?

एमालेले वरिष्ठ नेता नेपाल र अन्य तीन नेतालाई पठायो स्पष्टीकरणपत्र, को-को छन् अन्य तीनजना ?

  • सोमवार, चैत्र ९ २०७७

  • 827
    SHARES

  • एमालेले वरिष्ठ नेता नेपाल र अन्य तीन नेतालाई पठायो स्पष्टीकरणपत्र, को-को छन् अन्य तीनजना ?

    काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहितका चारजनालाई स्पष्टीकरणका लागि पत्र पठाएको छ ।

    गत शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज महासचिव ईश्वर पोखरेलले पत्र पठाएको कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेताहरुका स्वकीय सचिवमार्फत स्पष्टीकरणपत्र पठाइएको हो । शनिबारको बैठकमा खनाल–नेपाल समूह अनुपस्थित थियो । पार्टी हितविपरीत काम गरेको र गुटबन्दी गरेको भन्दै उहाँहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो ।

    यसैबीच, एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरण आफूहरुलाई मान्य नभएको बताउनुभएको छ ।

    उहाँले ओलीले राखेको केन्द्रीय कमिटी बैठक अवैध भएको दाबी गर्दै त्यस्तो कमिटीले सोधेको स्पष्टीकरण स्वीकार नगर्ने बताउनु भएको हो ।

    अध्यक्ष ओलीले नवौ महाधिवेशनबाट पारित विधानलाई मिच्दै र अवैधरुपमा गठन गरिएको केन्द्रीय कमिटीको बैठकबाट सो निर्णय गरिएको हुँदा त्यसलाई स्वीकार नगर्ने रावलले स्पष्ट पार्नुभएको हो ।

    नेपाल पक्षले विधानविपरित केन्द्रीय कमिटीमा २३ जनालाई थप गरेको आरोप लगाउँदै शनिबार बसेको सो कमिटीको बैठकलाई अवैध भन्दै आएका छन् ।

     


    सोमवार, चैत्र ९ २०७७०२:१६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij