काठमाडौं । नेपाली काँग्रेसका नेता दिपक खड्काले निर्वाचन नै देशलाई गतिशील बनाउने एकमात्र अस्त्र रहेको बताउनुभएको छ ।
सरकारले ताजा जनादेशमा जाने कुरालाई जोड दिनुपर्ने बताउदैँ उहाँले देशलाई संकटबाट बचाउन निर्वाचनमार्फत सरकार बन्नुपर्ने धारणा राख्नुभयो ।
नेता खड्काले पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकिरहन कुनै पनि किसिमको सहयोग नगरेको बताउनुभएको छ ।
जनमत प्राप्त सरकार दुई चिरा भइसकेपछि पनि माओवादी केन्द्रले बिश्वासको मत फिर्ता नलिदाँ देशमा वैकल्पिक सरकार बन्न नसकेको बताउँदै उहाँले काँग्रेसले प्रधानमन्त्री ओलीलाई सत्तामा टिक्न सहयोग नगरेको दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले भन्नुभयो,“हामी कसरि प्रधानमन्त्रीविरुद्ध अबिश्वासको प्रस्ताव ल्याउने जबसम्म माओवादी केन्द्रले सर्मथन फिर्ता लिदैँन त्यतिसम्म काँग्रेस पर्ख र हेरको स्थितीमा छ ।”
उहाँले माओवादी केन्द्रले सरकारलाई दिएको बिश्वासको मत फिर्ता नहुञ्जेल काँग्रेस पर्ख र हेरको स्थितीमा रहेको स्पष्ट पार्नुभएको छ ।