Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठकमा आज दोस्रो तहका नेताहरुले बोल्ने

प्रतिनिधिसभाको बैठकमा आज दोस्रो तहका नेताहरुले बोल्ने

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.2K
    SHARES

  • प्रतिनिधिसभाको बैठकमा आज दोस्रो तहका नेताहरुले बोल्ने

    काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । यसअघिका बैठक झै आजको बैठक पनि ठोस उपलब्धी विनाको हुने देखिएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकाले जनाएको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधबार निधन भएको थियो ।

    सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ ।

    दिउँसो १ बजेपछि बस्ने आजको बैठकमा दोस्रो तहका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ ।

    आजै संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने भएको छ । बैठक दिउसो ३ बजेपछि दिगो बिकास तथा सुशासन समितिको हल, सिंहदरबारमा बस्ने तय भएको छ ।

    त्यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बेैठक पनि विहान ११ बजेपछि बस्ने संसद सचिवालयले जनाएको छ ।


    शुक्रवार, चैत्र ६ २०७७०८:५१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij