Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नवीन्द्रराजबारे अस्पतालले भन्यो, ‘उहाँ जीवितै हुनुहुन्छ भ्रममा नपर्नुहोस्’ (बिज्ञप्तिसहित)

नवीन्द्रराजबारे अस्पतालले भन्यो, ‘उहाँ जीवितै हुनुहुन्छ भ्रममा नपर्नुहोस्’ (बिज्ञप्तिसहित)

  • बुधवार, चैत्र ४ २०७७

  • 1.0K
    SHARES

  • नवीन्द्रराजबारे अस्पतालले भन्यो, ‘उहाँ जीवितै हुनुहुन्छ भ्रममा नपर्नुहोस्’ (बिज्ञप्तिसहित)

    काठमाडौं । काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको हल्ला फैलिएपछि उहाँको उपचार भइरहेको अस्पतालले प्रेस बिज्ञप्ति प्रकाशित गरेको छ । उहाँको उपचार गरिरहेको नर्भिक अस्पतालले अहिले विहान बिज्ञप्ति प्रकाशित गरी उहाँको अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।

    उहाँ अहिले पनि जीवित नै रहनुभएको र भेन्टीलेटरमा राखेर उपचार भइरहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यस्तो छ प्रेस विज्ञप्ति :

    यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

    केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।

    162194595_10218542109531609_1023174644879981787_n.jpg


    बुधवार, चैत्र ४ २०७७०७:५८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij