काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य स्थिर रहेको छ । मष्तिष्क घात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य स्थिर रहेको उहाँका सहयोगी पुष्कर पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जोशीको उपचार भइरहेको छ, स्वास्थ्य स्थिर छ, तर बजार हल्ला जस्तो केही होइन् ।’ यस्तै जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झा भन्नुहुन्छ, ‘ उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन ।’
पाण्डेले सामाजिक सञ्जालमा आएका कुराहरुले दुखी बनाएको पनि बताउनुभयो । जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा श्रदाञ्जली आइरहेको छ । तर परिवार र अस्पतालले भने जोशीको उपचार भइरहेको जनाएका छन् ।