Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न देउवाले जसपालाई बोलाए बूढानीलकण्ठ

सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न देउवाले जसपालाई बोलाए बूढानीलकण्ठ

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 542
    SHARES

  • सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न देउवाले जसपालाई बोलाए बूढानीलकण्ठ

    काठमाडौँ -  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाउनु भएको छ ।a

    सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्नु हुने भएको छ ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिबारे काँग्रेससँग छलफल गर्न लागिएको बताउनुभयो । देउवाले जसपाका नेताहरुसँग वार्ता गर्नुअघि पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्नुहुने भएको छ ।

    त्यसका लागि दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको सभापति देउवाले बूढानीलकण्ठ बोलाएको उहाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो ।

    सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग छलफलले नयाँ सरकार निर्माणका लागि छलफल गर्न बोलाएको बुझिएको छ ।


    शुक्रवार, फाल्गुण २८ २०७७१२:३३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij