Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
च्याम्पियन्स लिग

युभेन्टस र सेभिया बाहिरिए, पोर्टो र डर्टमण्ड क्वाटरफाईनलमा

युभेन्टस र सेभिया बाहिरिए, पोर्टो र डर्टमण्ड क्वाटरफाईनलमा

  • बुधवार, फाल्गुण २६ २०७७

  • 752
    SHARES

  • युभेन्टस र सेभिया बाहिरिए, पोर्टो र डर्टमण्ड क्वाटरफाईनलमा

    एजेन्सी । जर्मनीको बोरुसिया डर्टमण्ड र पोर्चुगलको एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।

    गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा डर्टमण्डले स्पेनको सेभियासँग २–२ गोलको बराबरी खेल्यो । पहिलो लेगको खेल ३–२ ले जितेको डर्टमण्डले समग्रमा खेल ५–४ ले आफ्नो पक्षमा पारेको हो ।

    गएरातिको खेलमा डर्टमण्डका लागि दुबै गोल नर्वेका खेलाडी अर्लीङ हालाण्डले गरे । सेभियाका योसुफ उन नेसेरीले दुई गोल गरे पनि टोलीलाई क्वाटरफाईनलमा पु¥याउन सकेनन् ।

    यस्तै गएराति नै भएको अर्को खेलमा १० जनामा सेमटिएको एफसी पोर्टोले इटालीको युभेन्टसलाई निराश पा¥यो । दोस्रो लेगमा युभेन्टससँग ३–२ ले हारे पनि पहिलो लेगमा २–१ ले जितेको पोर्टोले समग्रमा खेल ४–४ गोलको बराबरीमा पु¥यायो ।

    यसपछि युभेन्टसको मैदानमा गरेको दुई अवे गोलको मद्दतमा पोर्टो क्वाटरफाईनलमा पुगेको हो । युएफा च्याम्पियन्स लिगअन्तर्गत राउण्ड अफ सिक्सटिनका दुई खेल आज राती हनेछन् ।

    आज इंग्ल्याण्डको लिभरपुल र जर्मनीको आर.बी लेप्जीग तथा फ्रान्सको पेरिस सेन्ट जर्मेन र स्पेनको बार्सिलोना भिड्नेछन् ।  


    बुधवार, फाल्गुण २६ २०७७०७:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij