Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, गएनन् यी चार सदस्य (५ तस्बिरसहित)

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, गएनन् यी चार सदस्य (५ तस्बिरसहित)

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 3.3K
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, गएनन् यी चार सदस्य (५ तस्बिरसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा शुरु भएको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएपछि पहिलोपटक स्थायी कमिटीको बैठक हुन लागेको हो ।

    maobadi (2).jpg

    एमालेसँग एकताअघि माओवादीको स्थायी कमिटी थिएन । यद्यपि, आजको स्थायी कमिटी बैठकमा अदालतबाट खारेज भएको नेकपाका स्थायी कमिटी सदस्यहरु सहभागी छन् ।

    maobadi (3).jpg

    माधवकुमार नेपाल पक्षसँग मंगलबार अन्तिम बैठक गरेर बिदा भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज स्थायी कमिटी बैठक राखेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन लाग्नुभएको हो ।

    maobadi (4).jpg

    एमालेसँग एकीकरणका बेला माओवादीले १९ जना सदस्य पाएको थियो । तीमध्ये रामबहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए ।

    maobadi (5).jpgउनीहरुले अब एमालेमै बस्नेगरी छलफल चलाइरहेको बताइरहेका छन् । यसकारण उनीहरु आजको बैठकमा सहभागि छैनन् ।

     


    मंगलवार, फाल्गुण २५ २०७७०२:११:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij