काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक बस्दै छ ।
दाहाल–नेपाल समूहले संसद् सचिवालयमा आज दिउँसो १ बजे बैठक बोलाएको हो ।
संसदीय दलको बैठकमा दाहाल–नेपाल समूहले ओली समूहका सांसदहरूलाई पनि एसएमएस गरेर बैठक सहभागी हुन बोलाएको सांसद विरोध खतिवडाले बताउनुभएको छ ।
बहुमत पु¥याउनका लागि दाहाल–नेपाल र केपी शर्मा ओली समूहबीच सांसद तानातानको स्थित छ ।
केही दिनअघि देखि सांसद किन्नका लागि चलखेल भएको खबर पनि सार्वजनिक भएको थियो ।
त्यस्तै ओली समूहले पनि भोलि संसदीय दलको बैठक बोलाएको छ । उक्त समूहले पनि दाहाल–नेपाल निकटका सांसदलाई पनि एसएमइसबाट बैठकमा बोलाएको छ ।