काठमाडौं । निर्वाचन आयोगका पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङले आयोगले नेकपा विवाद चाडै समाधान गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले अनिर्णयको बन्दी नबनेर आयोगले संवैधानिक भुमिका निर्वाह गरेर नेकपा विवादबारे निर्णय दिनुपर्ने उल्लेख गर्नुभयो ।
आयोगको साख र प्रतिष्ठा बढोस् भन्ने ध्येयले ऐन कानुन अनुसार छिट्टै निर्णय गरोस् भनेर पूर्वनिर्वाचन आयुक्तहरुले संयुक्तरुपमा वक्तव्य जारी गरेको पूर्व कार्यवाहक प्रमुख आयुक्त गुरुङले स्पष्ट पार्नुभयो ।
प्रक्रियागत रुपमा नियम कानुनमा उल्लेख भएअनुसार आयोगले नेकपा विवाद टुङ्गो लगाउनुपर्ने उहाँको सुझाव छ ।
पार्टीको कार्यसमितिमा जुन समूहसँग बहुमत छ उसैलाई निर्वाचन आयोगले आधिकारीकता दिनुपर्ने पूर्वकार्यवाहक प्रमुख आयुक्त गुरुङले उल्लेख गर्नुभएको छ ।