Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ला लिगा : रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकियो

ला लिगा : रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकियो

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 896
    SHARES

  • ला लिगा : रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकियो

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

    सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

    घरेलु मैदानमा खेलको अन्तिम समयमा भिनिसियस जुनियरले गोल गरेपछि रियल हारबाट जोगिएको हो ।

    खेलको ५५ औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर, खेलको ८९ औं मिनेटमा भिनिसियसले गोल गर्दै खेल १-१ को बराबरी गर्दै रियललाई हारबाट जोगाए ।

    भिनिसियसको यो रियलका लागि १२ औं गोल हो । यस्तै उनले यस खेलबाट रियलका लागि १०० औं खेल पूरा गरे ।

    यस बराबरीसँगै रियलले २५ खेलमा ५३ अंक जोडेको छ । रियलले दोस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ ।

    रियल लिगको तेस्रो स्थानमा रहेको छ । सोसिडाड ४२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


    मंगलवार, फाल्गुण १८ २०७७०८:२२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij