Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, प्रहरीको जवाफी फायर

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, प्रहरीको जवाफी फायर

  • आइतवार, फाल्गुण ९ २०७७

  • 1.7K
    SHARES

  • मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, प्रहरीको जवाफी फायर

    काठमाडौं । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

    इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका –१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

    प्रहरीको कारबाहीमा बाधा पु¥याएको भन्दै राक्सिराङ १ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ र्फकने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ ।


    आइतवार, फाल्गुण ९ २०७७०३:०८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij