Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आईपीएलको अक्सन आज, सन्दीप पनि समावेश

आईपीएलको अक्सन आज, सन्दीप पनि समावेश

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 821
    SHARES

  • आईपीएलको अक्सन आज, सन्दीप पनि समावेश

    काठमाडौं । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अक्सन आज हुँदै छ ।

    चेन्नईमा आयोजना हुने अक्सन दिउँसो ३ः१५ बजे सुरु हुने छ । अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुने छन् । जसमा १ सय २५ विदेशी खेलाडी रहेका छन् ।

    अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने छन् ।

    यस पटकको अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । तर, अन्तिम छनोटमा सन्दीप मात्र अटाएका हुन् ।

    अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।


    बिहिवार, फाल्गुण ६ २०७७१०:५२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij