Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

प्रधानमन्त्रीले पार्टी एकिकरणको मर्म बुझेनन् : नेता शाह

प्रधानमन्त्रीले पार्टी एकिकरणको मर्म बुझेनन् : नेता शाह

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्रीले पार्टी एकिकरणको मर्म बुझेनन् : नेता शाह

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले ससरकारविरुद्ध विरोध कार्यक्रमको चौथो चरण अन्तर्गत आज (बिहिबार) टुडीखेलमा साङ्लो बनाएर लोकतन्त्रका लागी एकजुट भएर लड्ने बताउनुभएको छ ।

    दाहाल–नेपाल समूहका नेता गणेश शाहले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भन्नुभयो,“सरकारका असंबैधानिक कदमविरुद्ध हामी निरन्तर विरोध प्रदर्शन गरिरहेका छौँ, विरोधकै कार्यक्रम अन्र्तगत बिहिबार टुडीखेलमा साङ्लो बनाएर विरोध गर्दै छौँ ।”

    प्रधानमन्त्रीले निर्वाचन गराउन राजनीतिक माहोल र वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनको काम प्राविधिक भएपनि वातावरण भने निर्वाचन गराउने पार्टीको जिम्मेवारी भएको उहाँको तर्क छ ।

    प्रधानमन्त्रीको कदमविरुद्ध अहिले नागरिक नै हिड्न थालेको नेता शाहले उल्लेख गर्नुभएको छ । बैशाख १७ र २७ गते निर्वाचन गराउने प्रधानमन्त्रीमा सामथ्र्य नभएको उहाँको आरोप छ ।

    संसद् पुनस्र्थापना नभए मुलुक संकट तर्फ धकेलिने उहाँको धारणा छ । मुलुक अलोकतान्त्रिक दिशातिर गएकाले आफूहरु संघर्ष गरिरहने स्पष्ट पार्नुभयो ।

    पार्टी एकिकरणको मर्म र भावना प्रधानमन्त्रीले नबुझेकाले संसद्प्रति उहाँ जिम्मेवार हुनुपर्ने नेता शाहको भनाइ छ ।

    उहाँले निर्वाचन आयोगले सूर्य चिह्न नेकपाको दाहाल–नेपाल समूहलाई नदिए आन्दोलन गर्ने र अदालतसम्म जाने पनि खुलासा गर्नुभएको छ ।

     


    बिहिवार, फाल्गुण ६ २०७७०६:४२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij