Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
प्रिमियर लिग

न्युक्यासललाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो

न्युक्यासललाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 784
    SHARES

  • न्युक्यासललाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई चेल्सीले २–० गोलअन्तरले पराजित गरेको छ ।

    घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा घरेलु टोली चेल्सीले न्युक्यासलमाथि सहज जित निकालेको हो ।

    चेल्सीको जितमा ओलिभियर जिरुउड र टिमो वार्नरले पहिलो हाफमा गरेका दुई गोल निर्णायक बने ।

    खेलको ३१औं मिनेटमा जिरुउडले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । ३९औं मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

    न्युक्यासलका कुनै पनि खेलाडीले गोल फर्काउन नसक्दा चेल्सीले सहज जित निकालेको हो ।जितसँगै २४ खेलमा ४२ अंक जोडेको चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ भने न्युक्याासल २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

    गएराति नै भएको लिगको अर्को खेलमा सेफिल्ड युनाइटेडलाई वेष्टह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ ।जितसँगै वेष्टह्याम २४ खेलबाट ४२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।


    मंगलवार, फाल्गुण ४ २०७७१२:३७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij