Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लिभरपुलको लगातार तेस्रो हार, लेस्टरसँग ३–१ ले पराजित

लिभरपुलको लगातार तेस्रो हार, लेस्टरसँग ३–१ ले पराजित

  • आइतवार, फाल्गुण २ २०७७

  • 1.3K
    SHARES

  • लिभरपुलको लगातार तेस्रो हार, लेस्टरसँग ३–१ ले पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लेस्टरले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो ।

    लिभरपुलको यो लगातार तेस्रो हार हो । यसअघि उ घरेलु मैदानमै म्यानचेस्टर सिटीसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै, ब्राइटनसँग पनि १–० गोलअन्तरले स्तब्ध बनेको थियो ।

    जितसँगै लेस्टर २४ खेलबाट ४६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ४५ अंकसहित तेस्रो स्थानमा छ । लिभरपुल भने २४ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ । सिटी भने शीर्ष स्थानमा छ ।

     


    आइतवार, फाल्गुण २ २०७७१२:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij