Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन: प्रचण्ड

बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन: प्रचण्ड

  • शनिवार, फाल्गुण १ २०७७

  • 1.1K
    SHARES

  • बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन: प्रचण्ड

    काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीमा नरहे पनि डा. बाबुराम भट्टराई र आफू मुद्दाका हिसाबले एउटै ठाउँमा रहेको बताएका छन्।

    शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

    उनले भने, ‘अहिले बाबुराम जी र म एउटै पार्टीमा त छैनौँ। तर मुद्दाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौँ।’


    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राईलगायतको उपस्थितिमा पुस्तक विमोचन भएको हो।

    विमोचन समारोहले प्रचण्ड र भट्टराईलाई एउटै मञ्चमा लामो समयपछि भेट गराएको छ। ‘गुमनाम आमाहरूको कथा’ पढेपछि हिजोका स्मरण ताजा भएको प्रचण्डले बताए।


    इतिहासको कर्मको कारणले दुवै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको उनले बताए। ‘हामीलाई इतिहासले अलग हुन दिँदैन। ती हजारौँ शहीदले हामीलाई अलग हुन दिँदैनन्,’ उनले भने।

    ‘गुमनाम आमाहरूको कथा’ भित्र रहेका रचनाहरूलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरण, अनुभव, अनुभूति ताजा भएर आएको आएको प्रचण्डले बताए।


    शनिवार, फाल्गुण १ २०७७०६:२०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij