Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले पदबाट तत्काल राजीनामा दिनुपर्छ

प्रधानमन्त्री ओलीले पदबाट तत्काल राजीनामा दिनुपर्छ

  • शुक्रवार, माघ ३० २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री ओलीले पदबाट तत्काल राजीनामा दिनुपर्छ

    काठमाडौँ – प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।

    जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन्।

    बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले भनिन्, ‘थोरैमात्रै नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्दछ।’

    बलात्कारविरुद्धको रोस ह्यासट्याग अभियानकी हिमा विष्टले निर्मला पन्त, सम्झना बिक, भागरथी भट्ट लगायतको बलात्कारपछि हत्या हुनुमा शासकहरू नै दोषी रहेको बताइन्।

    महिलाको आवाज दबाउने, शान्ति सुरक्षा नदिने प्रतिगामी शासकविरुद्ध गाउँ, शहरबाट महिलाहरूलाई उठ्न उनले आव्हान गरिन् ।

    कार्यक्रममा उनले भनिन्, ‘म अधवैसे भइसकें, अब गाउँ–गाउँ, शहर–शहरबाट किसोरीहरूले उठ्नुपर्छ ।’


    शुक्रवार, माघ ३० २०७७०५:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij