Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा विघटन विरुद्धको रिट

काँग्रेसले सर्वोच्चको फैसलालाई सर्वोपरी मान्छ : नेता रुंगाटा

काँग्रेसले सर्वोच्चको फैसलालाई सर्वोपरी मान्छ : नेता रुंगाटा

  • बिहिवार, माघ २९ २०७७

  • 876
    SHARES

  • काँग्रेसले सर्वोच्चको फैसलालाई सर्वोपरी मान्छ : नेता रुंगाटा

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा उद्योगपति अनिल रुंगाटाले काँग्रेस प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतले जे निर्णय गरेपनि स्वीकार्र्नेे बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रुंगाटाले भन्नुभयो,“अहिलेसम्म काँग्रेस प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छ त्यसविरुद्धको रिट सर्वोच्चमा सुनुवाईका क्रममा रहेकाले जे निर्णय आएपनि हामी त्यसलाई सर्वोपरी मान्दै स्वीकार गर्ने छौँ ।”

    उहाँले अहिले नै पुनस्र्थापनाको पक्षमा आन्दोलन गर्न थालेपछि निर्वाचन भयो भने बीचमा आन्दोलन छोडेर निर्वाचनमा होमिनुपर्ने भएकाले आन्दोलनमा नगएको स्पष्ट पार्नुभएको छ ।

    नेता रुंगाटाले अहिले मुलुकलाई सहि दिशामा ल्याउनु अति आवश्यक रहेको पनि बताउनुभयो ।

    फरक प्रसंगमा काँग्रेसले देखावटी काम नगरेको पनि उहाँले जिकिर गर्नुभयो । युवा समूहलाई उद्यमशिल बनाउन आफूहरुले काम गरिरहेको उहाँको भनाइ छ ।

    उहााले आगामी ३ महिनामा १ हजार युवालाई उद्योगधन्दा सञ्चालन गर्न सहयोग गर्ने पनि जानकारी दिनुभएको छ । अहिले नयाँ पुस्तालाई उद्यमशील बनाएपछि देशको राजनीति पनि बलियो हुने नेता रुंगाटाको तर्क छ ।


    बिहिवार, माघ २९ २०७७०७:२०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij