Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हिन्दूहरुको आस्थाको धरोहर पशुपतिनाथप्रति नेकपाका नेताहरुको व्यङ्ग्यात्मयक उपहास

हिन्दूहरुको आस्थाको धरोहर पशुपतिनाथप्रति नेकपाका नेताहरुको व्यङ्ग्यात्मयक उपहास

  • बुधवार, माघ २८ २०७७

  • 1.2K
    SHARES

  • हिन्दूहरुको आस्थाको धरोहर पशुपतिनाथप्रति नेकपाका नेताहरुको व्यङ्ग्यात्मयक उपहास

    काठमाडौँ – संसद विघटनपछि विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले विश्वका हिन्दूहरुको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरप्रति व्यङ्गात्मयक उपहास गर्न थालेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपतिमा विशेष पूजा गरेको विषयलाई लिएर पशुपतिनाथ मन्दिरप्रति नै व्यङ्ग्यात्मक उपहासको श्रृंखला चलिरहेको हो । यो क्रमले नेकपाको प्रचण्ड माधव समूहले आज काठमाडौँमा गरेको जनसभामा पनि निरन्तरता पायो ।

    विरोधसभामा प्रधानमन्त्री ओलीको आलोचनाका क्रममा नेताहरुले पशुपतिनाथप्रति व्यङ्गात्मयक उपहास गरेका हुन् । नेता रघुजी पन्तले राजाहरुको छाँटमा पूजा गर्दैमा नबोल्ने पशुपतिले केपी ओलीको कल्याण नगर्ने टिप्पणी गर्नुभयो । पशुपति नाथले कल्याण गर्ने भए राजा वीरेन्द्रको वंशनास नहुने र ज्ञानेन्द्रले राजगद्दी गुमाउनुपर्ने स्थिति नआउने पनि नेता पन्तले बताउनुभयो ।

    यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनाका लागि पशुपतिनाथकै सहारा लिनुभयो । उहाँले लोकतन्त्रको हत्यारालाई पशुपतिले रक्षा नगर्ने बताउनुभयो ।

    मदन भण्डारीको मन्त्र जप्ने ओलीले अहिले पशुपतिनाथको नाम जपिरहेको बताउँदै नेता नेपालले पशुपतिले पनि ओलीको पाप पखाल्न नसक्ने बताउनुभयो । पशुपतिले पनि राम्रा मान्छेहरुलाई मात्रै माया गर्ने नेपालको भनाई थियो ।

    यता आजको सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै हुने निर्णय छिटो गर्न निर्वाचन आयोग र अदालतलाई आग्रह गर्नुभयो । उहाँले केपी ओलीको धम्की सुनेर खुट्टा नकमाउन पनि आग्रह गर्नुभयो । निर्वाचन आयोगले लक्षण गतिलो नदेखाएको बताउँदै प्रचण्डले जनता जागे सबै बढारिने चेतावनी दिनुभयो ।

    राजनीतिमा एक अर्काेको आलोचना गर्न पाइन्छ, आफ्ना कुरा राख्ने स्वतन्त्र अधिकार संविधानले सबैलाई दिएको छ । तर धार्मिक आस्थामाथि खलल पुग्ने गतिविधिको सहारा लिएर राजनीति गर्न कानुनी बन्देज छ ।

    प्रधानमनत्रीले पूजा गरेकै विषयलाई लिएर पशुपतिनाथप्रति नेकपाका नेताहरुको उपहास निन्दनीय रहेको हिन्दुुवादीहरुले बताइरहेका छन् ।


    बुधवार, माघ २८ २०७७०७:३०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij