Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्णायक भनिएको शक्ति प्रदर्शनका लागि प्रचण्ड–माधव समूहले पाँच ठाउँबाट जुलुस निकाल्ने

निर्णायक भनिएको शक्ति प्रदर्शनका लागि प्रचण्ड–माधव समूहले पाँच ठाउँबाट जुलुस निकाल्ने

  • सोमवार, माघ २६ २०७७

  • 1.5K
    SHARES

  • निर्णायक भनिएको शक्ति प्रदर्शनका लागि प्रचण्ड–माधव समूहले पाँच ठाउँबाट जुलुस निकाल्ने

    नेकपा प्रचण्ड–माधव समूहले माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनमा पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ।

    संघर्ष समितिले पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ ।

    पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायत नेतृत्व गर्ने भएका छन् ।

    पुल्चोकबाट निस्किएको जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुगेर मुल जुलुसमा मिसिनेछ ।

    त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले नेतृत्व गर्नेछन् भने यो जुसल सुन्धरा पुगेर मुल जुलसमा मिसिनेछ ।

    माइतीघर मण्डलाबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेलले नेतृत्व गर्नेछन् । यो जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।

    केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गर्नेछन् । यो जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।

    जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गर्नेछन् । यो जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालीक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ ।

    यसपछि सुन्धाराबाट निस्कने मूल जुलुसले सुन्धरा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्योदय मोड हुँदै प्रदर्शनमार्गमा सभा हुने भएको छ ।

    यो समूहले माघ २८ मा हुने जनप्रदर्शनलाई निर्णायक हुने दाबी गरेको छ ।

    संसद् विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं बृहत जनप्रदर्शन गरेको थियो ।


    सोमवार, माघ २६ २०७७०५:५१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij