एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराएको छ ।
उपाधि होडमा निकै महत्वपूर्ण मानिएको गएरातिको खेलमा सिटी लिभरपुलको घरेलु मैदानमै ४–१ को फराकिलो गोल अन्तरमा विजयी भयो ।
सिटीको जितमा इल्केए गुन्डोगानले २ तथा रहिम स्टर्लिङ र फिल फोडेनले समान एक गोल गरे । मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनहम हटस्परले वेष्टब्रमलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्स र लेष्स्र सिटीले गोलरहित बराबरी खेलेका छन् ।
गएरातिका खेलपछि प्रिमियर लिगको तालिकामा २२ खेलबाट ५० अंक जोडेको सिटी शीर्ष स्थानमा कायम छ ।
एक खेल बढी खेलेको म्यान्चेस्टर युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेस्टरको ४३ अंक छ ।
४० अंकसहित लिभरपुल चौथो स्थानमा छ भने पाँर्चौ स्थानको चेल्सीको ३९ अंक भएको छ ।