Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

म फुटाउने होइन, पार्टी जुटाउनेमा पर्छु : बामदेव

म फुटाउने होइन, पार्टी जुटाउनेमा पर्छु : बामदेव

“म अहिले नेकपाको कुनै समूहलाई साथ दिन सक्दिँन”
  • शुक्रवार, माघ २३ २०७७

  • 865
    SHARES

  • म फुटाउने होइन, पार्टी जुटाउनेमा पर्छु :  बामदेव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबैले देशलाई अस्थिरता तिर लान खोजेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरिष्ठ नेता गौतमले भन्नुभयो “म नेकपा मिलाउन अहिले प्रयास गरिरहेको छु, गरिरहने पनि छु, अहिले नेकपाका दुवै समूहका शीर्ष नेताहरु मात्रै एक हुन नसकेका हुन, परिस्थितिले नै दाहाल र ओलीलाई एकतामा ल्याउँछ मलाई विश्वास छ, अहिलेको अवस्थामा निर्वाचनमा गए पार्टी एकता हुने सम्भावना निकै कम छ, प्रतिनिधिसभा पुनस्र्थापना भए एकता गर्न २ वर्ष समय हुने भएकाले पार्टी एकता सम्भव हुन्छ ।”

    वरिष्ठ नेता गौतमले आफूलाई समेत थाह नदिई पार्टी दुई टुक्रा भएको गुनासो समेत गर्नु भयो । प्रधानमन्त्री र दाहाल दुवै समूहका निकट नेताहरु नै आफूलाई पार्टी फुटाएको भनेर आरोप लगाउदै आएको गुनासो उहाँले गर्नुभएको छ ।

    उहाँले भन्नुभयो “प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका सर्त पालना गर्नुभएको छैन्, बजेट प्रस्तुत गर्दा पनि पार्टीमा छलफल गर्नु भएन्, ओलीले पार्टीमा आफ्नो मनोमानी बढाउँदै जानु भएको कारण आज पार्टी भित्र यस्तो समस्या आएको हो ।”

    आफूले अहिले नेकपाको दुवै समूहलाई साथ दिन नसक्ने गौतमको भनाई छ ।

    प्रचण्डले आफूलाई धेकेवाजको संज्ञा दिँदै आएको भए पनि उहाँलाई शान्ती प्रकृयामा ल्याउने पहिलो ब्यक्ति नै आफू भएको दावी समेत नेकपाका वरिष्ठ नेता गौतमले गर्नुभयो ।

     

     


    शुक्रवार, माघ २३ २०७७०७:४५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij