Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनताका लागि बन्द, आफू चाहिँ सवारीमा सरर...!

जनताका लागि बन्द, आफू चाहिँ सवारीमा सरर...!

  • बिहिवार, माघ २२ २०७७

  • 1.2K
    SHARES

  • जनताका लागि बन्द,  आफू चाहिँ सवारीमा सरर...!

    काठमाडौं । आज नेकपाको प्रचण्ड–माधव समूहले आली सरकारविरुद्ध आमहड्ताल गरिहेको छ । यसका कारण देशभरीको जनजीवन अस्तव्यस्त भएको छ ।

    आन्दोलनकारीले आज बिहानै काठमाडौँको गोंगबुमा एउटा ट्याक्सी जलाएका छन् । कुम्भनारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

    आमहड्ताल गरेर जनतालाई सास्ती दिइरहेका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आफू भने सवारी साधन चढेर हिडिरहेको पाइएको छ । प्रचण्ड गाडी चढेर आन्दोलनमा सहभागी हुन सडकमा गएका छन् ।

    prachanda (1).jpg

    उनी बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए ।

    त्यस्तै, अर्का अध्यक्ष नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन् ।

    आज बिहान अध्यक्ष नेपाल कोटेश्वर निवासबाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल निरीक्षणमा निस्किएका हुन् । अध्यक्ष नेपाल उपत्यकाका विभिन्न स्थानमा भएको प्रदर्शनको निरीक्षण गरेको नेकपा पार्टी कार्यालयले जनाएको छ ।

    सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको विरोधमा प्रचण्ड–माधव समूहले आज आमहड्ताल गरेको जनाएको छ ।

    देशव्यापी आमहड्ताल भनेर सार्वजनिक र निजी सवारीसाधन चल्न नदिए पनि अध्यक्षद्वय प्रचण्ड र नेपाल भने सवारीसाधन लिएर आन्दोलनमा सहभागी भएका छन् । उनीहरुको यस कार्यको जनस्तरबाटै विरोध भइरहेको छ ।

    ‘आफू भने गाडी चढेर जुलुसमा जाने अरुलाई बन्द गराउने यो के हो ?’, फेसबुक प्रयोगकर्ता तुल पुनमगरको प्रश्न छ ।

    त्यस्तै, लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रचण्ड र माधवको शैलीलाई ‘सामन्ती चलन’को संज्ञा दिएका छन् । उनले सवारी चलाउँदा जनतालाई ढुंगामुडा र नेतालाई ताली दिने कार्यकर्ताहरुप्रति आक्रोशसमेत पोखेका छन् ।

    ‘समान्ती चलनमा आदेश दिनेले आदेश मान्नु नपर्ने ! बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्डक्रुजर चढेर भाषण ठोक्न पुलचोक सवारी, माधव स्कुटर चढेर कोटेश्वर सवारी’, उनले ट्विटरमा लेखेका छन्, ‘वाहन चलाउने अरूलाई ढुङ्गामुडा र गाली गर्ने दासवत् कार्यकर्ता आफ्ना नेतालाई ताली ! सडकमा देखियो यिनको जनवाद !’

    Capture.PNG





    बिहिवार, माघ २२ २०७७१२:४४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij