Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साविक विजेता लिभरपुल घरेलु मैदानमा कमजोर टोलीसँग पराजित

साविक विजेता लिभरपुल घरेलु मैदानमा कमजोर टोलीसँग पराजित

  • बिहिवार, माघ २२ २०७७

  • 623
    SHARES

  • साविक विजेता लिभरपुल घरेलु मैदानमा कमजोर टोलीसँग पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल आफ्नो घरेलु मैदानमै तुलनात्मक कमजोर टोलीसँग पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुल ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको हो ।

    लिभरपुलविरुद्ध ब्राइटनलाई जित दिलाउन स्टेभेन अल्जाटेले निर्णायक गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा स्टेभेनले निर्णायक गोल गरेका थिए ।

    यस अपत्यासित हारसँगै लिभरपुलको उपाधि होड कमजोर बनेको छ ।

    २२ खेलमा ४० अंक जोडेको लिभरपुल लिगको चौंथो स्थानमा रहेको छ ।

    ब्राइटन भने २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

     


    बिहिवार, माघ २२ २०७७१२:१५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij