Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अवहेलना मुद्दामा अदालतको आदेशले प्रचण्डलाई फसाद

अवहेलना मुद्दामा अदालतको आदेशले प्रचण्डलाई फसाद

  • बुधवार, माघ २१ २०७७

  • 1.1K
    SHARES

  • अवहेलना मुद्दामा अदालतको आदेशले प्रचण्डलाई फसाद

    काठमाडौँ – अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफै लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

    बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफै लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

    काठमाडौँको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो भने ‘ लाखौँ लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

    उनले प्रचण्डको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने जिकिर गरेका छन् ।


    बुधवार, माघ २१ २०७७०५:५३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij