Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कपः एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

प्रधानमन्त्री कपः एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

  • शनिवार, माघ १७ २०७७

  • 854
    SHARES

  • प्रधानमन्त्री कपः एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

    काठमाडौँ – त्रिभुवन आर्मी क्लबले चौंथो संस्करण प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

    शनिबार भएको रोमान्चक फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

    टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।

    अन्तिम चार बलमा ३ विकेट गुमाएपछि एपीएफ उपाधिबाट बन्चित भएको हो । एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए ।

    यस्तै शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए । सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर सुन्य रनमा आउट भए । सन्दीप जोराले २९ रन जोड्दा भुवन कार्की ९ रनमा आउट भए ।

    कमल ऐरी २, अमर रौटेला १ र अविनास बोहोरा सुन्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३र३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

    आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे ।

    मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३र१३ रन जोड्दा आउट भए । त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११–११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए ।

    एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १र१ विकेट लिए ।

    उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो ।

     


    शनिवार, माघ १७ २०७७०५:०७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij