Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

म निसन्तान नहुनु मेरो दोष हो र भन्दै ओलीविरुद्ध जंगिए प्रचण्ड, छोरीलाई सम्झेर भए भावुक

म निसन्तान नहुनु मेरो दोष हो र भन्दै ओलीविरुद्ध जंगिए प्रचण्ड, छोरीलाई सम्झेर भए भावुक

  • शुक्रवार, माघ १६ २०७७

  • 1.1K
    SHARES

  • म निसन्तान नहुनु मेरो दोष हो र भन्दै ओलीविरुद्ध जंगिए प्रचण्ड, छोरीलाई सम्झेर भए भावुक

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीव्र आक्रोश पोख्नुभएको छ ।

    जनयुद्धमा होमिएको आफ्नो सिंगो परिवारको अपमानित गरेर ओलीले आफ्नो हुर्मत लिइरहेको भन्दै प्रचण्डले जनतासँग न्यायका लागि याचना समेत गर्नुभयो ।

    नेकपा विभाजनपछि दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आउनुभएको थियो ।

    जनयुद्ध लडेकाहरुलाई पाखा लगाएर परिवारका मान्छेलाई मात्रै अवसरका खात दिएको भन्दै ओलीले प्रचण्डप्रति कटाक्ष गर्दै आउनुभएको छ ।

    विभिन्न मञ्चहरुमा ओलीले छोरीलाई जिताउन मतपत्र च्यात्ने सम्मको कार्य गर्ने प्रचण्डबाट नेपाली जनताले सुख नपाउने भन्दै लगातार प्रहार गरिरहनुभएको छ । त्यसको जवाफमा प्रचण्डले आज निसन्तान हुनु आफ्नो दोष हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभयो ।

    विराटनगरमा आयोजित सभामा प्रचण्डले आफूले छोराछोरीलाई अमेरिका बेलायत नपठाएर युद्ध लड्न आफैसँग बन्दुक बोकाएर जंगल लगेको स्मरण गर्नुभयो ।

    निकै भावुक हुँदै प्रचण्डले आफूहरु गणतन्त्रको लडाइँ लड्दै गर्दा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँडेका थिए, के यो मेरो दोष हो ? भन्दै प्रश्न गर्नभयो ।

    आफूलाई अपमानित गर्ने प्रयास ओलीले गरिरहेको भन्दै प्रचण्डले न्याय चाहिएको बताउनुभयो । आफ्ना हनुमानहरुलाई छोराछोरी भन्दै तिनलाई मात्र पोस्ने काम ओलीबाट भएको आरोप प्रचण्डले लगाउनुभयो ।

    ७० करोड भ्रष्टाचार गर्नेलाई गरेको छैन भनेर फैसला गर्दै हिँडेको भन्दै प्रचण्डले ओलीको कडा शब्दमा आलोचना गर्नुभयो ।

    हुन त नेपालको राजनीति नातावाद, कृपावाद र जीहजुरीवादको भूमरीमा फसेको छ । चाकरहरुलाई काखी च्यापेर इमान्दारहरुलाई पाखा लगाउने प्रवृत्ति जरा गाडेर बसेको छ ।

    प्रधानमन्त्री ओली आफै पनि यो प्रवृत्तिबाट अछुतो नरहेको तथ्यहरुले देखाउँछन् । अर्काेतिर कलम बोक्ने बेला बन्दुक बोकेर जंगल लाग्नेहरु प्रचण्डका परिवारका मान्छे मात्रै थिएनन् हजारौँ नेपालीका सन्तान पनि थिए भन्ने कुरा प्रचण्डले बिर्सनु हुँदैन ।


    शुक्रवार, माघ १६ २०७७०७:५३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij