एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु टोली टोटेनहमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै लिभरपुल तालिकाको चौंथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ ।
टोटनहमको ३३ अंक रहेको छ । टोटनहम छैटौं स्थानमा छ ।