Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुँदै

प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुँदै

  • शनिवार, माघ १० २०७७

  • 806
    SHARES

  • प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुँदै

    काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदै छ ।

    समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदै छ ।

    समूह ए बाट अर्को विभागीय टोली त्रिभुवन आर्मीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने प्रदेश १ र गण्डकी प्रदेश बाहिरिसकेको छ ।

    अब एपीएफ र कर्णालीमा एक टिममात्र सेमिफाइनल पुग्नेछ । यसअघि लगातार दुई खेल जितेको एपीएफले कर्णालीलाई पराजित गरेमा समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाउने छ ।

    कर्णालीले भने सेमिफाइनल सम्भावना कायमै राख्न एपीएफलाई पराजित गर्नुपर्नेछ । अनि अन्तिम खेलमा एपीएफ आर्मीसँग पनि फराकिलो अन्तरले हार्नुपर्नेछ । तर एपीएफलाई हराउनु कर्णालीको लागि ठूलो चुनौती छ ।

    आर्मी र प्रदेश १ सँग पराजित भएको कर्णालीले गण्डकीलाई हराएको थियो । एपीएफले भने प्रदेश १ र गण्डकीलाई पराजित गरेको थियो । यस समूहको अन्तिम खेल माघ गते आर्मी र एपीएफबीच हुने छ ।

    यस्तै समूह बी अन्तर्गत लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यसअघि एक खेलमा जित र एक हारको नतिजा निकालेको लुम्बिनीका लागि सेमिफाइनल सम्भावना कायम राख्न जित आवश्यक छ । समूह ए मा बागमती ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ४ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ ।

    सुदूरपश्चिम यसअघिका दुवै खेलमा पराजित हुँदैछ अन्तिम स्थानमा छ । लुम्बिनीसँग पराजित भएमा सुदूरपश्चिम समूहको अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने छ ।


    शनिवार, माघ १० २०७७०८:०६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij