Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पीएम कप : नेपाल पुलिस र सुदूरपश्चिम तथा प्रदेश १ र त्रिभुवन आर्मी भिड्दै

पीएम कप : नेपाल पुलिस र सुदूरपश्चिम तथा प्रदेश १ र त्रिभुवन आर्मी भिड्दै

  • बुधवार, माघ ७ २०७७

  • 1.0K
    SHARES

  • पीएम कप : नेपाल पुलिस  र सुदूरपश्चिम तथा प्रदेश १ र त्रिभुवन आर्मी  भिड्दै

    काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

    नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहोरेका छन् ।

    यस्तै, आज प्रदेश १ र त्रिभुवन आर्मी क्लब मुलपानी क्रिकेट मैदानमा खेल्ने छन् । अहिलेसम्म दुई खेल खेलेको आर्मी दुवैमा जित निकाल्दै समूह ए को शीर्ष स्थानमा छ । प्रदेश १ भने दुवै खेलमा पराजित भएको छ । प्रतियोगितामा आज हुने दुवै समूहका खेल बिहान ९ बजे हुने छन् । हिजोको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका थिए ।


    बुधवार, माघ ७ २०७७०८:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij