Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप: गण्डकी र प्रदेश–१ तथा वाग्मती र सुदूरपश्चिम खेल्दै

प्रधानमन्त्री कप: गण्डकी र प्रदेश–१ तथा वाग्मती र सुदूरपश्चिम खेल्दै

  • सोमवार, माघ ५ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री कप: गण्डकी र प्रदेश–१ तथा वाग्मती र सुदूरपश्चिम खेल्दै

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् ।

    समूह ‘बी’ को खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘ए’को खेलमा गण्डकी र प्रदेश नम्बर एक खेल्दै छन् ।

    वाग्मती र सुदूरपश्चिमको खेल बिहान नौ बजे कीर्तिपुर मैदानमा तथा गण्डकी र प्रदेश एकको खेल बिहान नौ बजे नै मूलपानी क्रिकेट मैदानमा सुरु हुने छ ।

    वाग्मतीले हिजो भएको खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गण्डकी र प्रदेश एक यसअघिका खेलमा पराजित भएका थिए ।

    गण्डकीलाई आर्मीले ९८ रनले हराएको थियो भने प्रदेश एक एपीएफसँग १ सय ३५ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।


    सोमवार, माघ ५ २०७७०६:४९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij