Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र प्रदेश १ भिड्दैं

प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र प्रदेश १ भिड्दैं

  • शनिवार, माघ ३ २०७७

  • 903
    SHARES

  • प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र प्रदेश १ भिड्दैं

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफ र प्रदेश नम्बर एक बीचको खेल हुने छ ।

    खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । एपीएफ शरद भेषावकरको र प्रदेश एक सिद्धान्त लोहनीको कप्तानीमा खेल्दैछन् ।

    राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हिजोबाट प्रतियोगिता सुरु भएको हो ।

    हिजो भएको पहिलो खेलमा नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराएको छ ।


    शनिवार, माघ ३ २०७७०७:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij