काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार राजन भट्टराईले नेपाल भारत संयुक्त आयोगको बैठकमा चासोका सवैजसो विषयमा छलफल हुने बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भट्टराईले भन्नुभयो “ पहिला भारतसंग सरकारले बार्ता गर्न सकेन भन्दै हिड्नेहरु आज वार्ता गर्न जादाँ किन वार्ता गर्नु प¥यो भन्ने गरेका छन, राष्ट्रहितको लागी, राष्ट्रको सुरक्षाको लागी हामी बार्तामा जान लागेका हौँ, यो उच्च राजनितिक संयन्त्रको बार्ता भएकाले सिमा, विद्युत लगाएतका सबै विषयमा छलफल गरिने छ ।”
भट्टराईले आफ्नो राष्ट्रहितका लागी भारतलाई सकेसम्म सहमत गराउन प्रयास गर्ने र सहमत भएन भने पुनः कुरा उठाउनु पर्ने बताउनु भयो । भारतले विभिन्न बाहना बनाउदै सिमा विवादका बारेमा पन्छिन खोजेकोले त्यस विषयमा छलफल गर्न आफूहरुले पहल गरेको भट्टराईले बताउनु भयो ।
भट्टराईले कानुन र विधान अनुसार पार्टी वैधानिकताको विषयमा टुङ्गो लगाउनु पर्ने बताउनु भयो । प्रधानमन्त्रीको परामर्शमा महासचिवले बोलाएको बैठक मात्रै वैधानिक हुने तर्क गर्दै विधान हेर्नु पर्ने भट्टराईले जिकीर गर्नुभयो । भट्टराईले महाधिवेशनबाट चुनिएको अध्यक्ष हटाएर प्रचण्डले अर्काे अध्यक्ष आफू खुसीमा चयन गरेर पार्टी भित्र ‘कु’ गरेको आरोप लगाउनुु भयो ।
भट्टराईले भन्नुभयो “प्रचण्डजीले धेरै झुट बोलिसक्नु भयो, अव जनता सामू गएर जनतालाई नै फैसला गर्न दिर्नु पर्छ, त्यस पछि कस्ले झुट बोलेको रहेछ भन्ने थाहा हुन्छ ।”
प्रतिनिधि सभा विघटनकोे मुद्दामा प्रधानमन्त्री प्रतिबादी भएकाले यस मुद्दाको विषयमा आफुहरु बोल्न मिल्ने र पूर्व प्रधानन्यायाधिशहरु भने बोल्न नमिल्ने भट्टराईको भनाई छ । सल्लाहकार भट्टराईले बैशाख १७ र २७ मा निर्वाचन गर्न सक्षम हुने दावी समेत गर्नुभयो । मुलुकका लागी अहिले निर्वाचनभन्दा अर्काे सहज बाटो नभएको भट्टराईको भनाइ छ । उहाँले अहिलेको सरकार काम चलाउ सरकार भनेर संविधानमा नभएको बताउनु भयो ।
अहिलेको सरकारले राष्ट्रहित विपरित र जनताको हित विपरित काम नगरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार भट्टराईले दावी गर्नुभयो ।