Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको ‘सडकछाप’ पार्टीमा को–को जान्छन्, हेर्नुछः माधव नेपाल

ओलीको ‘सडकछाप’ पार्टीमा को–को जान्छन्, हेर्नुछः माधव नेपाल

  • बुधवार, पौष २९ २०७७

  • 1.5K
    SHARES

  • ओलीको ‘सडकछाप’ पार्टीमा को–को जान्छन्, हेर्नुछः माधव नेपाल

    काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओली समूहको पार्टीलाई ‘सडकछाप’को संज्ञा दिएका छन्।

    बुधबार प्रज्ञाभवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओली समूह कम्युनिस्ट सोच र संस्कृति नभएको ‘सडकछाप’ पार्टी भएको आरोप लगाए।

    ‘डमरू बजाउँदै, टिकट बाँड्दै हुनुहुन्छ । केन्द्रीय सदस्य बनाउँदै हुनुहुन्छ,’ नेपालले भने, ‘सुन्दैछु, २५०० केन्द्रीय सदस्य पुग्यो, कम्ति पनि त्यो पाँच हजार पुग्छ ।’ तर, ओलीलाई छोड्नेहरुको संख्या बढ्दै गएको उनले बताए ।

    ‘अब त्यो पार्टी पौवा, सडक पनि होइन, धुलोमा परिणत हुँदैछ’, उनले भने ।

    अहिले ओली समूहमा ११८ जना केन्द्रीय सदस्य रहेको उनले बताए । पार्टी एकता हुँदाका ४४१ मध्ये अहिले ओलीतिर उभिएकाहरुको संख्या लगातार घटिरहेको नेपालले दाबी गरे । ‘जम्मा संख्या ११८ जना छन् । अब १०८, अनि ९८ पुग्न बेर छैन’, उनको भनाइ थियो ।

    लोभलालचमा परेर ओलीतिर गएकाहरु अराजनीतिक, दास र सामन्ती चिन्तन देखिएको उनले बताए । ओलीलाई उनी भन्दा उमेरले जेठो स्थायी कमिटी सदस्यले पनि खुट्टामा ढोक्ने गरेको प्रसंग नेपालले सुनाए ।

    ओली कम्युनिस्ट नै भएको वामदेव गौतमको भनाइ उदृत गर्दै नेपालले भने, ‘वामदेव गौतम अहिले के भन्नुहुन्छ? सोध्न चाहन्छु ।’ वामदेव गौतम अहिले पनि ओली सुधार्छु भन्दै लागेको, तर सफल नहुने बताए ।


    बुधवार, पौष २९ २०७७०५:५१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij