Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशियारीले प्रचण्डसँग किन भेट्न चाहेनन् ?

कोशियारीले प्रचण्डसँग किन भेट्न चाहेनन् ?

  • शुक्रवार, पौष २४ २०७७

  • 1.5K
    SHARES

  • कोशियारीले प्रचण्डसँग किन भेट्न चाहेनन् ?

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला भारतमा छन् । पत्नी सीताको उपचारको शिलशिलामा गत सोमबार उनी छोरी गंगासहित मुम्बई गएका हुन् ।

    प्रचण्डपत्नी सीताको यतिवेला मुम्बईस्थित न्यरोगेन ब्रेन एण्ड स्पाइनल इष्टिच्युटमा उपचार भइरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–माधव समूह आन्दोलनमा छ । यसैबीच, प्रचण्ड पत्नीको उपचारका शिलशिलामा भारततर्फ लागेका हुन् । प्रचण्डको भ्रमण पारिवारिक भए पनि नेपालमा भने अनेकखाले अड्कलबाजी हुन थालेका छन् ।

    प्रचण्डले भारत गएर कुनै राजनीतिक तानाबाना बुन्नसक्ने आशंका गर्नेको पनि यहाँ कमी छैन ।

    यसैबीच, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले महाराष्ट्रका राज्यपाल भगतसिंह कोशियारीलाई भेट्न चाहेका थिए । तर, कोशियारीले भेट्न अस्वीकार गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

    ब्रेकनलिङ्स डटकमका अनुसार राज्यपाल कोशियारीले प्रचण्डलाई प्रत्यक्ष भेट्न नचाहे पनि उनीहरुबीच फोनमा भने कुरा भएको छ ।

    कोशियारीले प्रचण्डलाई किन भेट्न चाहेनन् र फोनमा दुईबीच के कुरा भयो भन्ने चाहिँ हालसम्म नखुलेको भारतीय मिडियाहरुले जनाएका छन् ।

    कोशियारी भारतीय जनता पार्टी (भाजपा)का पूर्वउपाध्यक्ष हुन् ।

    Capture.PNG


    शुक्रवार, पौष २४ २०७७०१:४८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij