Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा

सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा

  • बुधवार, पौष २२ २०७७

  • 816
    SHARES

  • सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।

    पीएसएलले मंगलबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप विदेशीको प्लाटिनम क्याटगेरीको ड्राफ्टमा परेका हुन् । यो सर्वाधिक उच्च मूल्यको क्याटगेरी हो ।

    यस क्याटगेरीको ड्राफ्टमा २५ खेलाडी परेका छन् । जसमा क्रिस गेल, ड्वेन ब्राभो, मोइन अली, डाविड मालन, इमरान ताहिर, राशिद खान, क्रिस लिनलगायत खेलाडी छन् ।

    यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले एक लाख ४० हजारदेखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । यस क्याटेगोरीबाट एक फ्रेन्चाइज टोलीले एक खेलाडी मात्र अनुबन्ध गर्न पाउने छ ।


    बुधवार, पौष २२ २०७७०९:३१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij