Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पेरिसडाँडाको पार्टी कार्यालय कब्जा गर्ने महेश बस्नेतको चेतावनी

पेरिसडाँडाको पार्टी कार्यालय कब्जा गर्ने महेश बस्नेतको चेतावनी

  • शनिवार, पौष ११ २०७७

  • 1.8K
    SHARES

  • पेरिसडाँडाको पार्टी कार्यालय कब्जा गर्ने महेश बस्नेतको चेतावनी

    काठमाडौं । नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिनुभएको छ । आज ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उहाँले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडामा रहेको पार्टी कार्यालय कब्जा गर्ने चेतावनी दिनुभयो ।

    उहाँले पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिनुभयो । प्रचण्डको चुनाव चिन्ह हँसिया हतौडा भएकाले माधव नेपाल र झलनाथ खनालाई सोही चिन्हमा चुनाव लडन भन्दै सूर्य चिन्ह केपी ओलीको रहेको उहाँले दावी गर्नुभयो । सूर्य चिन्हतिर आँखा नलगाउने अधिकार कसैको नभएको उहाँको भनाइ छ ।

    ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गर्दै उहाँले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावी गर्नुभएको छ ।


    शनिवार, पौष ११ २०७७०४:५६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij