Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘पार्टीभित्रकै नेता खेताला खोजेर एक–अर्काको विरोधमा उत्रिन थाले’

‘पार्टीभित्रकै नेता खेताला खोजेर एक–अर्काको विरोधमा उत्रिन थाले’

  • शनिवार, मंसिर २७ २०७७

  • 1.1K
    SHARES

  • ‘पार्टीभित्रकै नेता खेताला खोजेर एक–अर्काको विरोधमा उत्रिन थाले’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बाँस्कोटाले पार्टी भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर एक–अर्काको विरोधमा लगाउने काम शुरु गरेको बताउनुभएको छ । आज बनेपामा आयोजित कार्यक्रममा उहाँले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताउनुभयो ।

    बनेका नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्वर्गीय प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानीमा पार्टी विभाजन गर्न नहुने धारणा राख्नुभयो ।

    बाँस्कोटा ओलीनिकट नेता हुन्ुहुन्छ । यद्यपि, सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड भ्रष्टाचार काण्डमा मुछिएपछि उहाँले सूचना तथा सञ्चार प्रविधिमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

     


    शनिवार, मंसिर २७ २०७७०१:३६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij