एजेन्सी । दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय क्रिकेट पुनः स्थगित भएको छ । खेलाडी बसेको होटेलका दुई स्टाफलाई कोरोना भाइरस संक्रमण देखिएपछि पहिलो एकदिवसीय फेरी स्थगित गरिएको हो ।
घरेलु टिम र इंग्ल्यान्डबीचको खेल आज पर्लमा हुने तालिका रहेको थियो । तर, होटलका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको हो ।
यसअघि शुक्रबार दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । आज तय भएको खेलसमेत स्थगित भएपछि इंग्ल्यान्डको दक्षिण अफ्रिका भ्रमण लम्बिने भएको छ । यसअघि इंग्ल्यान्डले टि–ट्वान्टी सिरिज क्लिनस्विप गरेको थियो ।