Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गौतमबुद्ध कप क्रिकेट मंसिरको अन्तिम साता

गौतमबुद्ध कप क्रिकेट मंसिरको अन्तिम साता

  • शनिवार, मंसिर २० २०७७

  • 937
    SHARES

  • गौतमबुद्ध कप क्रिकेट मंसिरको अन्तिम साता

    काठमाडौं । नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता आयोजना हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म संचालन हुनेछ ।

    आयोजक प्रदेश संघले आज एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

    प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

    प्रतियोगितामा तीन टिम हुनेछन् । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेटका खेलाडीलाई समेटेर टिम बनाइने छ ।

    चितवन जिल्ला क्रिकेट संघसँगको सहकार्य हुने प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।

     


    शनिवार, मंसिर २० २०७७०२:५२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij