काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा पनि सहभागि हुनुभएको छ ।
यसअघि गत १७ गते बसेको बैठकमा अध्यक्ष ओली अनुपस्थित भएपछि उहाँलाई अर्को बैठकमा सहभागि हुन आग्रह गर्दै आजका लागि बैठक तय गरिएको थियो ।
एक–अर्काप्रति गम्भीर आरोप–प्रत्यारोप गर्दै छुट्टा छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षका बीचमा विवाद थप चर्किदै गएको थियो । त्यसैले, सचिवालय बैठक नै अन्यौलमा थियो ।
यद्यपि, सचिवालय बैठक बस्नुअघि आज दुई अध्यक्ष छलफलमा जुटेका थिए । भेटवार्तामा पार्टीको आन्तरिक विवाद समाधानबारे छलफल भएको बताइएको छ ।