Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेसन्स लिग सेमिफाइनल : फ्रान्स र बेल्जियम तथा स्पेन र इटालीबीच भिडन्त हुने

नेसन्स लिग सेमिफाइनल : फ्रान्स र बेल्जियम तथा स्पेन र इटालीबीच भिडन्त हुने

  • शनिवार, मंसिर २० २०७७

  • 1.4K
    SHARES

  • नेसन्स लिग सेमिफाइनल : फ्रान्स र बेल्जियम तथा स्पेन र इटालीबीच भिडन्त हुने

    एजेन्सी । युइएफए नेसन्स लिगको सेमीफाइनल भिडन्तमा विश्वविजेता फ्रान्सले बेल्जियम प्रतिद्वन्द्वी पाएको छ । त्यस्तै, स्पेन र इटाली फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)लेहालै सार्वजनिक गरेको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने भएका हुन् । अर्काे सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्नेछन् । दुईवटै सेमिफाइनल खेल इटालीमा हुनेछन् ।

    इटाली लिग ‘ए’ १ बाट, बेल्जियम लिग ‘ए’ २ बाट, फ्रान्स लिग ‘ए’ ३ बाट र स्पेन लिग ‘ए’ ४ बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो । साविक विजेता पोर्चुगल र उपविजेता नेदरल्यान्ड्सले यसपटक समूह चरण पनि पार गर्न सकेनन् ।

    पहिलो सेमिफाइनल सान सिरो मिलानमा ६ अक्टोवर २०२१ मा तथा दोस्रो सेमिफाइनल ७ अक्टोबरमा टुरिनमा हुनेछ । फाइनल अक्टोबर १० मा सान सिरो मिलानमा हुनेछ । सोही दिन तेस्रो स्थानको लागि टुरिनमा प्रतिस्पर्धा हुनेछ ।

    पहिलो संस्करणको प्रतियोगितामा पोर्चुगलले नेदरल्यान्ड्सलाई आफ्नै घरमा १–० ले हराउदै उपाधि जितेको थियो ।


    शनिवार, मंसिर २० २०७७११:२३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij