Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एन्फा बैठक २५ गते, २३ बढी एजेण्डा छलफल हुने

एन्फा बैठक २५ गते, २३ बढी एजेण्डा छलफल हुने

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.5K
    SHARES

  • एन्फा बैठक २५ गते, २३ बढी एजेण्डा छलफल हुने

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न एजेण्डामा छलफल गर्न कार्यसमिति बैठक आह्वान गरेको छ ।

    एन्फाले वार्षिक साधारण सभा सहित विभिन्न एजेण्डामा छलफल गर्न मंसिर २५ गते कार्यसमिति बैठक बोलाएको हो । महासचिव इन्द्रमान तुलाधरले लेखेको पत्र अनुसार बैठक एन्फा हेडक्वार्टर सातदोबाटोमा बिहान ९ बजे सुरु हुनेछ ।


    कार्यसमिति बैठकमा २३ बढी एजेण्डा छलफल हुने एन्फाले जनाएको छ ।

    कोरोना भाईरस महामारीले लामो समय प्रभावित बनेको एन्फा बैठकमा एजेण्डाको थुप्रो छ ।

    बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा बिकास परियोजन, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागीता तथा आयोजनाका सम्बन्धमा छलफल हुने बताईएको छ ।

    यस्तै, एन्फाको कार्यक्रम अनुसार स्थगित भएका प्रतियोगिता पुन सञ्चालन गर्ने, चालू आर्थिक वर्षका निम्ति लेखा परिक्षकको नियुक्तिको लागि एन्फा साधारण सभामा सिफारिस गर्ने, एन्फा कंग्रेस बैठकका सम्बन्धमा एजेण्डा तय गरिएको छ ।

    खेलाडी, रेफ्री तथा कर्मचारीको पारिश्रमिक, कर्मचारीको कार्यविभाजन सहित जिम्मेवारी प्रदान गर्ने तथा कर्मचारी नियमावलीका सम्बन्धमा समेत बैठकमा छलफल हुनेछ ।

    यस्तै, अवकास प्राप्त कर्मचारीको उपदान रकम उपलब्ध गराउने, खेलाडी दर्ता नियमावली संशोधन प्रक्रिया अघि बढाउने, विधान संशोधनको प्रस्तावना मस्यौदा, एन्फाको कृतिम घाँसे खेल मैदानमा ट्रेनिङ्ग फ्लडलाइट जडान, फुटसल र बीच फुटबल प्रतियोगिता आयोजना लगायतका एजेण्डा तय भएको छ ।

    कार्यसमिति बैठकका लागि एन्फाको मुद्धती खाता नबिकरण गर्ने, कास्कीस्थित एन्फा बहुउद्धेश्य फुटबल टेक्निकल सेन्टर, विभिन्न क्लब तथा जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना तथा निर्माण र एन्फा फिटनेश सेन्टर स्तरोन्नती कार्य र सोभीनियर सप निर्माण गर्ने एजेण्डा रहेका छन् ।

    यस्तै, नेपाली राष्ट्रिय टिमको विदेशी प्रशिक्षक, अनुशासन, कोभिड–१९ रिलिफ फण्ड, प्रदेश फुटबल समिति गठन, आर्थिक सहयोग र बिबिध एजेण्डा बैठकका लागि तय गरिएको छ ।


    शुक्रवार, मंसिर १९ २०७७०५:५२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij